बालेनको प्रधानमन्त्रीको शपथका दिन यस्तो छ कार्यतालिका
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले पर्सी शुक्रबार (चैत १३ गते) प्रधानमन्त्रीको शपथ लिँदै छन् ।
उनको शपथको तयारी तीव्र रूपमा भइरहेको छ । उनले धार्मिक विधीसहित शपथ लिन लागेका हुन् । उनले मध्याह्न १२ः३४ बजेको शुभ साइतमा शपथ लिनेछन् ।
शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाद गरिनेछ। यसैगरी, १०८ जना बटुकले स्वस्ति वाचन गर्ने र १६ जना भिक्षुबाट अष्ठमंगल पाठ समेत गर्ने कार्यक्रम छ।
सम्पूर्ण विधीसहित शपथ लिएपछि बालेनले २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभारग्रहण गर्ने तय भएको हो ।
क्याटेगोरी : राजनीति
ट्याग : #बालेनको प्रधानमन्त्रीको शपथका दिन यस्तो छ कार्यतालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्