Techie IT
बुधबार, माघ १,२०८२

अब पार्टी फुटतर्फ गयो : कार्यवाहक सभापति पूर्णबहादुर खड्का


काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको दिशातर्फ अघि बढेको बताएका छन्। केन्द्रीय कार्य समिति बैठकका लागि सानेपा पुगेका खड्काले आफ्नो कार्यकक्षमा उपस्थित नेता–कार्यकर्तालाई पछिल्लो वार्ताबारे जानकारी गराउँदै पार्टी फुटको अवस्थामा पुगेको बताए।

सभापति अधिकतम रूपमा लचिलो भए पनि महामन्त्रीहरूले सहमति जनाउन नमान्नुका साथै उम्मेदवारी मनोनयन प्रक्रिया नै सुरु भइसकेकाले अब पार्टी विभाजनतर्फ गएको उनको भनाइ थियो।

खड्काले अब केन्द्रीय कार्य समिति बैठक हिजोझैँ स्थगित नहुने स्पष्ट गर्दै परिस्थितिअनुसार थप आवश्यक निर्णय र कदम चालिने पनि बताए।


क्याटेगोरी : राजनीति
ट्याग : #अब पार्टी फुटतर्फ गयो : कार्यवाहक सभापति पूर्णबहादुर खड्का


तपाईको कमेन्ट लेख्नुहोस्