आगामी चुनावमा ठूलै क्रान्ति हुन्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले राम्रो काम गरेपछि पार्टीप्रति देशैभरि जनतामा लहर छाएको दाबी गरेका छन् ।
चितवनमा विभिन्न पार्टी परित्याग गरेर माओवादी रोजेकाहरुसँगको कुराकानीमा अहिले व्यक्ति मात्रै नभएर पार्टीहरू पनि माओवादीसँग एकता गर्न संवादमा रहेको बताए ।
उनले भने, ‘देशैभरि स्थिरता, विकास र न्याय दिने पार्टी माओवादी केन्द्र नै हो भन्ने जनतामा महसुस हुन थालेको छ। म अहिले देशको विभिन्न भागमा दौडिरहेको छु, ठूलो संख्यामा हामीसँग जोडिने लहर आउँदै गरेको महसुस गरेको छु । पछिल्लो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र आर्थिक संकटबाट देशलाई जे जति राम्रा काम गर्न खोजेको थिए । त्यो कुरा जनताले नजिकबाट हेरिरहेका थिए ।’
उनले कांग्रेस र एमाले मिलेर अन्यायपूर्ण अप्राकृतिक र असंवैधानिक ढंगले आफूलाई सरकारबाट हटाउने काम भएको बताए ।
उनले थपे, ‘हामीले जनताको पक्षमा गरेको कामले लहर नै ल्याएको छ । अहिले त नभ्याउने जस्तो पो हुँदै गयो तपाईँहरूले पनि अझै सयौँको संख्यामा प्रवेश हुँदैछ भन्नुभयो। थोरै होइन, हजारौँको संख्यामा जोडिँदैछन्, व्यक्ति होइन पार्टीहरूसँग पनि कुरा हुँदैछ । यसलाई राम्रोसँग म्यानेज गर्न सकियौँ भने आगामी चुनावमा ठूलो क्रान्ति ल्याउँछ ।’
आज माओवादी प्रवेश गर्नेहरूमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, कांग्रेसका अरुणकुमार चौधरी, राप्रपाका चित्रबहादुर सोती लगायत रहेका छन् ।
सोही अवसरमा भारतीय सेनाका पूर्वक्याप्टेन केबी गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गरे। अध्यक्ष प्रचण्डले नवप्रवेशीहरुलाई स्वागत गर्दै सबैलाई यथोचित जिम्मेवारी दिन स्थानीय पार्टी नेतृत्वलाई निर्देशन दिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #आगामी चुनावमा ठूलै क्रान्ति हुन्छ : प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्