भीम रावलद्वारा राजावादीसँग साँठगाँठको आरोप अस्वीकार- बालेनसँगको छलफलबारे के भने ?
कैलाली । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले आफूलाई राजावादीसँग साँठगाँठ गरेको आरोपको अस्वीकार गरेका छन् । धनगढी आइपुगेका नेता रावलले आफूहरूले राष्ट्रहितलाई केन्द्रमा राख्ने सबैलाई समेटेर अघि बढ्ने बताए ।
उनले भने, ‘नेपालमा विभिन्न समूहहरू छ्न् । नागरिक, बुद्धिजीवी, राजनीतिक दलसँग आवद्ध व्यक्तिहरू छन् । उहाँहरूसँग छलफल गरेर अघि बढ्छु । मैले भनेकै हुनुपर्छ भन्ने छैन । सबैसँग छलफल गरेर नै अघि बढ्ने हो । हामीले आफ्नो नीतिसहित अभियान सुरू गरेका छौं । अब छलफलको क्रममा सबैसँग हामी खुला छौं ।’
काठमाडौं महानगरका मेयर बालेन शाहसँगको सम्भावित सहकार्यमा पनि आफू खुला रहेको बताए ।
बालेनबारे सोधेको प्रश्नमा उनले भने, ‘यो देशको हित चाहने, अहिलेको अवस्थामा देश भएन । अहिले ठूला राजनीतिक दलहरू भागबन्डामा केन्द्रित भएका छन् । त्यसैले राष्ट्रसहितमा अगाडि बढ्ने बालेनजी हुनुहुन्छ कि जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढ्छौं ।’
उनले एमालेले आफूलाई राजावादीसँग साँठगाँठ गर्यो भन्नुभन्दा पनि आफ्नो पार्टीमा कस्ताकस्ता मान्छे छन् हेर्न सुझाव दिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #भीम रावलद्वारा राजावादीसँग साँठगाँठको आरोप अस्वीकार- बालेनसँगको छलफलबारे के भने ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्