गगनको प्रस्तावमा शिशिरको राय- आयोग बनाएर भ्रष्टाचारको सबै काण्ड छानबिन गर्नुपर्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भ्रष्टाचारको सबै काण्ड छानबिन गर्नुपर्ने बताएका छन् ।
त्यही प्रसंगलाई लक्षित गर्दै कुन काण्ड छानबिन गर्ने भनेर ठूला पार्टी र ठूला नेताको सहमति भन्दा पनि सबै काण्डको छानबिन गर्ने गरी उच्चस्तरीय आयोग बनाउनुपर्ने प्रस्ताव गरे ।
उनले भनेका छन्, ‘२०६३ सालपछि बाहिर आएका १ अर्बभन्दा ठूला भ्रष्टाचारसँग जोडिएका ३१ वटा काण्डमार्फत २२३ अर्बभन्दा बढी भ्रष्टाचार भएको हुन सक्छ भनेर यो सूचीले भन्छ । तर, यो सूचीमा ७० करोड लगायतका काण्ड छैनन् । र, पछिल्लो समय चर्चामा आएका अन्य काण्डहरू पनि छैनन् । त्यसैले कुन काण्ड छानबिन गर्ने भनेर ठूला पार्टी र ठूला नेताको सहमति हैन, यी सबै काण्डको छानबिन गर्ने गरी उच्चस्तरीय आयोग बनाऔँ ।’
खनालले फेसबुकमा लेखेका छन्, ‘आफ्नो मान्छे नराखौं, सक्षम राखौं । समयसीमा तोकेर स्वतन्त्रतापूर्वक काम गर्न दिऔं । दोषीलाई कारवाही गरौं । हाम्रो पूर्ण समर्थन रहनेछ ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #गगनको प्रस्तावमा शिशिरको राय- आयोग बनाएर भ्रष्टाचारको सबै काण्ड छानबिन गर्नुपर्छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्