अधिकतम दलको समर्थनमा संविधान संशोधनको तयारी हुँदैछ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको अधिकार सुनिश्चित हुनेगरी धेरै भन्दा धेरै दलको समर्थनमा संविधान संशोधनको तयारी भइरहेकाे बताउनुभएकाे छ ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको सिलान्यास गर्दै मन्त्री सिंहले राजनीतिक स्थिरता बिना विकास असम्भव भएकाले विकास र स्थायित्वका लागि दुई ठुला दलको गठबन्धनको सरकार बनेको पुष्टि गर्नुभयो । वातावरणमैत्री विकास निर्माण नहुँदा जलवायु परविर्तनको नकरात्मक असर देखिन थालेको भन्दै वातावरण संरक्षण गर्दै विकासका काम अघि बढाउनुपर्नेमा उहाँको जोड छ ।
करिब डेढ वर्षमा सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको भवनको लागत भ्याटसहित सात करोड १४ लाख १९ हजार ३६३ रुपियाँ रहेको छ । उक्त भवन आगामी २०८२ साल चैत ३० गते सम्पन्न गर्नेगरि २०८१ साल कात्तिक ५ गते आर.एम.सि., पि.आ. र एच.बि. जेभीले ठेक्का सम्झौता गरेको हो ।
कार्यक्रममा रक्षा मन्त्रि मानवीर राईले विगत लामो समयदेखि जिल्लामा निर्माण भइरहेको अन्तराष्ट्रिय पर्वतीय प्रतिष्ठानका संरचना निर्माणमा ध्यान दिँदै पर्यटन सम्बन्धी पठनपाठन सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
प्रतिष्ठान सञ्चालनमा आएमा नेपाली मात्र नभई विश्वका विद्यार्थीलाई समेत पढाउन सकिने उहाँको भनाइ छ । सगरमाथा लगायत दर्जनौँ हिमश्रृंखलाहरु नजिकैबाट नियाल्न सकिने पत्ताले बजारलाई व्यवस्थित पर्यटकीय सहरका रुपमा विकास गर्न उहाँले सहरी विकास मन्त्री सिंहलाई ध्यानाकर्षण गराउनुभएको छ ।
सोही अवसरमा कोशी प्रदेश सभा सदस्यहरु अमृत अर्याल, बुद्धिकुमार राजभण्डारी र डोल्मा तामाङले विकासमा सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । सोलुखुम्बु जिल्लाबाट पर्यटन र हाइड्रोपावरबाट उठ्ने राजश्वको अनुपातमा जिल्लाले पाउने अनुदान बढाउनुपर्ने उहाँहरुले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले राज्यले सोलु जस्तो पर्यटकीय जिल्लालाई प्रयाप्त रुपमा विकास गर्न नसकेको बताउनुभयो ।
यसअघि जनताका आधारभूत समस्या र विकास निर्माणका काममा बढी ध्यान केन्द्रित गरेको र हाल अधिाकांश काम सम्पन्न भएकाले नगरपालिकाको भवन निर्माणमा लागेको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले बताउनुभयो । निर्धारित समयमा भवन निर्माण सम्पन्न गर्ने उहाँको भनाइ छ । यस अवसरमा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला, सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे लगायतले धारणा राख्नुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #अधिकतम दलको समर्थनमा संविधान संशोधनको तयारी हुँदैछ : उपप्रधानमन्त्री सिंह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्