बागमती प्रदेश सिटिइभिटीको प्रमुख कार्यकारी निर्देशकमा नुवाकोटकी लामा नियुक्त
बागमती प्रदेश सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् सिटीइभिटी बागमती प्रदेशको प्रमुख कार्यकारी निर्देशकमा नुवाकोट स्थायी ठेगाना भएकी शान्ति लामालाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका–४ की लामालाई प्रदेश सिटीइभिटीको कार्यकारी निर्देशक नियुक्त गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले बताए ।
बागमती प्रदेश सरकारले दरखास्त आव्हान गरी परीक्षा तथा अन्तरवार्ता समेत सम्पन्न गरेर नुवाकोटकी लामालाई प्रमुख कार्यकारी निर्देशकमा चयन गरेको हो ।
सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरेको संयोजकत्वमा रहेको प्रमुख कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले लामा सहित तीन जनालाई प्रमुख कार्यकारी निर्देशकको लागि सिफारिस गरेकोमा सरकारले लामालाई नियुक्त गरेको हो ।
समितिलेले लामा सहित भक्तपुर जिल्लाको मध्यपुरठिमी नगरपालिका–९ का बद्री प्रसाद दाहाल र चितवन जिल्लाको भरतपुर–१० का ईश्वरचन्द्र पौड्यालको नाम सिफारिस गरेको थियो ।
लामा २०७४ को स्थानीय तह निर्वाचनमा म्यागङ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित जनप्रतिनिधि समेत हुन भने हाल कांग्रेस नुवाकोटकी महाधिवेशन प्रतिनिधि समेत हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #बागमती प्रदेश सिटिइभिटीको प्रमुख कार्यकारी निर्देशकमा नुवाकोटकी लामा नियुक्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्