गोरखाको सिमजुङमा दुई दर्जन युवा कांग्रेसमा प्रवेश, कांग्रेस नेता दवाडीले गरे स्वागत
गोरखाको सिमजुङमा दुई दर्जन युवा कांग्रेस प्रवेश, कांग्रेस नेता दवाडीले गरे स्वागत
गोरखा । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद प्रकाशचन्द्र दवाडीले गोरखाको अजिरकोट गाउँपालिकास्थित सिमजुङमा नेकपा (माओवादी केन्द्र) परित्याग गरी कांग्रेस प्रवेश गरेका दुई दर्जनलाई नेपाली कांग्रेस प्रवेश गराएका छन् ।
कांग्रेस नेता एवम् गण्डकी प्रदेशका पूर्वसांसद दवाडीले गोरखाको अजिरकोट गाउँपालिका वडा नं ४ सिमजुङमा नेकपा (माओवादी केन्द्र)मा आवद्ध २३ युवालाई आज खादा र नयाँ सदस्यता दिएर कांग्रेस प्रवेश गराएका हुन् ।
केही दिनदेखि गृहजिल्ला गोरखामा रहनुभएका नेता दवाडीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सूर्यदय युवा क्लबका अध्यक्ष मोतिलाल गुरुङको नेतृत्वमा २३ युवा कांग्रेस प्रवेश गरेका हुन् ।
कांग्रेस प्रवेश गर्नेमा शम्शेर गुरुङ, राम गुरुङ, धनबहादुर गुरुङ, अर्जुन गुरुङ, कृष्ण गुरुङ, गमु गुरुङ, अकृश गुरुङ, विष्णुमाया गुरुङ रहेका छन् । यस्तै, विकास गुरुङ, विशाल गुरुङ, गोरे गुरुङ, सुजन गुरुङ, मनध्वज गुरुङ, सुदीप गुरुङ, रुपक कोइराला, मदन गुरुङ, सिता गुरुङ, अनिता गुरुङ र कालिका गुरुङ रहनुभएको छ ।
कार्यक्रममा नेता दवाडीले मुलुकको राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहेको र यही पार्टीबाट देशको विकास समेत हुने भएकाले पार्टीप्रति इमान्दार र कटिवद्ध भएर लाग्न आग्रह गर्नुभयो । पूर्वसांसद दवाडीले मुलुकको भविश्य युवाको काँधमा रहेकाले विचलित नभई संगठनमा लाग्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस अजिरकोट गाउँपालिका वडा नं ४ का सभापति कालु गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी सुवास अधिकारी, अजिरकोट गाउँपालिकाका सभापति एवम् वडा नं ४ का वडाअध्यक्ष जङ्गबहादुर गुरुङ, अजिरकोट गाउँपालिका वडा नं ३ का पूर्व वडाअध्यक्ष एवम् कांग्रेस नेता तयाराज गुरुङलगायतको उपस्थिती रहेको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस, #प्रकाशचन्द्र दवाडी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ४काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ५एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्