जनतामा फैलँदै गएको निराशा तोड्न ‘समृद्धिका लागि संकल्प यात्रा’ सफल : शंकर पोखरेल
काठमाडौं, २८ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा नागरिकमा आशा जगाउन सफल भएको बताएका छन् । अभियानको क्रममा नागरिकमा सोचे भन्दाबढी उत्साह देखिएको पोखरेलले बताए । भविष्य प्रतिको आशा जगाउने कुरामा यात्रा सफल भएको उनको भनाइ छ ।
समाजलाई वस्तुगत आधारमा आशावादी बनाउनु पर्नेमा उनले जोड दिए । ‘नेपालको राजनीति प्रति चासो राख्ने हरेक नागरिकले यो यात्रालाई सफल र सार्थक यात्राका रूपमा चित्रण गरेका छन्, जनतामा फैलँदै गएको निराशा तोड्ने कुरामा यो यात्रा अभूतपूर्व रूपमा सफल रह्यो’, महासचिव पोखरेलले भने ।
बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको एमाले अध्यक्ष केपी आलीप्रतिको आकर्षण अभूतपूर्व पाइएको उनले बताए । फरक बिचार राख्ने अभिभावकका बालबालिका समेत ओलीलाई हेर्न र भेट्न यात्रामा सामेल भएको उनले सुनाए । कथित बौद्धिक जमातले नेतृत्वको आलोचना गर्ने गरेको भए पनि जनताको हेर्ने दृष्टिकोण भने फरक भएको कुरा यात्राको क्रममा प्रमाणित भएको पोखरेलले बताए ।
नागरिकको उत्साहजनक सहभागिताको कारण निर्धारण गरे भन्दा धेरै ठाउँमा कार्यक्रम गर्नुपरेको उनले बताए । नागरिक सडकमा आएपछि उनीहरूलाई उपेक्षा गरेर अघि बढ्न नसकिने भएको कारण यात्राको समय लम्बिएको पोखरेलको भनाइ छ । यो यात्रा ठिक समयमा गरिएको ठिक निर्णय भएको प्रमाणित भएको उनको विश्लेषण छ ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्