राप्तीका मेयर र प्रमुख प्रशासकियले नगरसभाको निर्णय परिवर्तन गरेको भन्दै रिट,अदालतले दियो अन्तरिम आदेश
चितवन, ७ मंसिर । राप्ती नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतविरुद्ध अदालतमा रिट दायर भएको छ । उच्च अदालत पाटन हेटौडाँमा नगरपालिकाका नगर प्रमुख शमशेर लामा र प्रमुख प्रशासकिय अधिकृत निलम कुमार न्यौपानेलाई विपक्षी बनाई दायर भएको रिट उपर अदालतले अन्तरिम आदेश दिएको छ ।नगरपालिकाको असार ३० गते भएको १३ औं नगरसभाको निर्णय आफूखुसी परिवर्तन गर्दै थप निर्णयहरु हालेको भन्दै नगरपालिकाका उप प्रमुखसहित वडा अध्यक्षहरुले रिट हालेका थिए । उच्च अदालत पाटन हेटौडाँका माननिय न्यायाधिस निर्मला शाक्यको एकल इजलाशले नगरसभाको निर्णय यथास्थितिमा राख्नु भन्दै बुधबार अन्तरिम आदेश दिएको हो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्