द्वन्द्व व्यवस्थापन जसरी हुनुपर्थ्यो त्यसरी भएन : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका कारण देशको परिस्थिति अत्यन्त गम्भीर बन्दै गएको दाबी गरेका छन्। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको बताएका हुन्।
उनले भने,‘देशको सार्वभौम सत्ता र स्वाभिमानमाथि गठबन्धनले प्रहार गराइरहेको छ। यो देशका लागि खतरनाक कु्रा हो। सत्ता स्वार्थलाई केन्द्रमा राखेर गठबन्धन अगाडि राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हित कमजोर बनेको छ।’
सत्ताका लागि अरुका लागि कन्फटेबल हुँदा देशलाई अफ्ठ्यारोतर्फ धकेलिने खतरा बढेको धारणा राखे। उनले राजनीतिक रुपमा अस्थिरता रहेको बताए। ओलीले भने,‘अस्थिरताको बाटो अस्वभाविक रुपमा भइरहेका छन्। पहिले देखिनै अस्वभाविक क्रियाकलाप भइरहेका छन्। हामीले भन्दाभन्दै नहुनुपर्ने काम भयो। द्वन्द्व व्यवस्थापन जसरी हुनुपर्थ्यो त्यसरी भएन। संविधान नमान्ने, कानु्न नमान्ने पक्षलाई सम्मान र सत्ता सुम्पने काम भयो।’
ओलीले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’अभियान सफल पार्न सबै नेता कार्यकर्तालाई निर्देशन दिए। एमालेले झुलाघाटबाट मंसिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’सुरु गर्दैछ।
कात्तिक २२ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले मध्यपहाडि लोकमार्ग यात्राको मिति तय गरेको हो। लोकमार्ग यात्रा विशेष अभियान मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटमा अध्यक्ष ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर आरम्भ गर्ने एमालेले जनाएको छ। यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ।
अध्यक्ष ओलीको नेतृत्वमा सञ्चालन गरिने अभियानका क्रममा मध्यपहाडि लोकमार्गका विभिन्न शहरी क्षेत्रमा सभा, भेला, अन्तरक्रिया गर्दै, ऐतिहासिक स्थलहरूको अवलोकन, उद्यमी व्यवसायीहरूसँग भेटघाट, राम्रा काम गर्नेहरूलाई प्रोत्साहन गर्दै, जनताका गुनासा सुन्दै, विकासका चुनौतीहरूका बारेमा जानकारी लिँदै अगाडि बढ्ने भएको छ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्