एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
६ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।
बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा मंसिर दोस्रो सातादेखि सुरु हुन लागेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र युवा संघले मंसिर ७ गते काठमाडौंमा गर्ने प्रदर्शनबारे छलफल हुने नेताहरुले बताएका छन् ।
एमालेको भातृ संगठन युवा संघले महँगी, भ्रष्टाचार र सबै किसिमका अराजकताविरुद्ध भन्दै काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्दै छ ।
यसैगरी मंसिर १४ गतेदेखि दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर अभियान सुरु गर्दैछ । यिनै कार्यक्रमको पूर्व तयारीका लागि केन्द्रीय समिति बैठक बस्न लागेको एमालेले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्