रास्वपाले मंसिर २ देखि ४ सम्म घरदैलो गर्ने
२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर २ देखि ४ गतेसम्म घरदैलो कार्यक्रम गर्ने भएको छ ।
प्रदेश र संघीय निर्वाचन सकिएको एक वर्ष पुगेको अवसरमा जनताका गुनासा र सुझाव सुन्न घरदैलो गर्न लागिएको रास्वपाले जनाएको छ ।
‘निर्वाचन सकिएको एक वर्ष भएको छ । जनताका सुझाव सुन्न जान लागेका हौं,’ महामन्त्री मुकुल ढकालले भने,‘तपाईहरुसँगै छौ भन्न जान लागेका हौं ।’
कात्तिक २२ र २३ गतेका लागि तय भई स्थगित गरेको केन्द्रीय र संसदीय दलको बैठक मंसिर ११ देखि १३ सम्म महोत्तरीको जलेश्वरमा गर्न लागिएको छ ।
उक्त बैठकमा अधिवेशनको प्रक्रिया र विधि माथि छलफल हुने महामन्त्री ढकालले जानकारी दिए । छलफलको एजेण्डामा सभापति रवि लामिछाने राजनीतिक प्रतिवेदन पेश गर्ने रास्वपाले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्