भूकम्प पीडितका लागि १ करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने एमालेको तयारी
काठमाडौं, २१ कात्तिक । नेकपा (एमाले)ले जाजरकोटको भूकम्पमा परी घरबारबिहीन भएका पीडितलाई राहत सामग्री वितरणको तयारी गरेको छ ।
पार्टीको सामाजिक सेवा केन्द्रले जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरूका लागि राहत सामग्री पठाउने तयारी गरेको हो । केन्द्रका प्रमुख एवं एमालेका केन्द्रीय सदस्य मोतिलाल दुगडका अनुसार अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भूकम्पको बिपत्तिमा परेकाहरूलाई सहयोग गर्नका केन्द्र अग्रसर भएको हो ।
केन्द्रले भूकम्प पीडितका लागि चामल, दाल, चाउचाउ, विस्कुट, नुन जस्ता खाद्य सामग्री उपलब्ध गराउने छ ।
यसैगरी जाडोबाट पीडितलाई बचाउनका लागि कम्मल र टेन्ट पनि वितरण गर्न लागिएको दुगडले जानकारी दिए । दुगडका अनुसार राहतका लागि पठाइने सामग्रीमध्ये केही काठमाडौंमा खरिद गरिएको छ भने केही सामग्री नेपालगञ्ज, दाङ लगायतका ठाउँमा खरिद गरिएको छ ।
पहिलो चरणको राहत सामग्री भोलिसम्म पीडितहरूसम्म पुर्याउने तयारी भएको छ । दोस्रो चरणमा थप राहत सामग्री उपलब्ध गराइने दुगडले जानकारी दिए ।
एमालेले सामाजिक सेवा केन्द्रमार्फत् दुई चरण गरेर एक करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण तयारी गरेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्