बागमतीका मुख्यमन्त्री जम्मकट्टेलको अभिव्यक्तिप्रति एमालेको आपत्ति
काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । हिजो (बुधबार) बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेशको राजधानी र नामाकरणका सन्दर्भमा मुख्यमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएको हो ।
मुख्यमन्त्री जम्मकट्टेलले सार्वभौम संसदले गरेको निर्णयको अपमान गरी गैरजिम्मेवार अभिव्यक्ति दिएको एमालेको ठहर छ । मुख्यमन्त्री जम्मकट्टेलको उक्त अभिव्यक्तिले सामाजिक सद्भावमा खलल् पुर्याउन मलजल गरेको एमालेले निश्कर्ष निकालेको एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए ।
‘उहाँ (मुख्यमन्त्री) को अभिव्यक्ति संघीयता विरोधी छ । पदमा रहेको व्यक्तिले यसरी गैरजिम्मेवार अभिव्यक्ति दिन हुँदैन । हामीले उहाँको अभिव्यक्तिको खण्डन गरेका छौं,’– थपलियाले रिपोर्टर्स नेपालसँग भने ।
मुख्यमन्त्री जम्मकट्टेलले केही समयअघि भक्तपुरका आयोजित एक कार्यक्रममा प्रदेशको नाम र राजधानी दुवै अनुपयुक्त भएको अभिव्यक्ति दिएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्