नेकपा एमालेको चियापान भोलि दिउँसो
नेकपा एमालेले भोलि आयोजना गर्न लागेको चियापान कार्यक्रमको निम्तो गरेको छ ।
सामाजिक सञ्जालमा एमाले नेताहरुले ‘चाडबाडमा चियापान’ लेखिएको अध्यक्ष केपी शर्मा ओली र चियाको कपको तस्बिर पोष्ट गर्दै निम्तो गरेका हुन् ।
भोलि दिउँसो साढे १२ बजेदेखि पार्टी मुख्यालय, तुल्सीलाल स्मृति भवन, च्यासलमा चियापान कार्यक्रम राखिएको जनाइएको छ ।
आजलाई भनिएको कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण भोलि दिउँसोसम्म सारिएको हो । महासचिव गुटेरेस चार दिने भ्रमण पूरा गरेर भोलि बिहान दोहा हुँदै लण्डन प्रस्थान गर्दै हुनुहुन्छ ।
उहाँले आज अपरान्ह ४ बजे संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेकपा एमालेको चियापान भोलि दिउँसो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्