वीरगंजमा आयोजित रात्रिकालीन दशैं बजारको योगदान महत्वपूर्ण : मुख्यमन्त्री यादव
वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले अर्थतन्त्रलाई चलायमान बनाउन बीरगंज महानगरपालिकाले आयोजना गरेको रात्रि बजार अन्तरगतको दशैं बजारले महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ ।
वीरगंज महानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, युवा उद्यमी मञ्च, ग्रिनसिटी सामुदायिक केन्द्र, हुमेन क्रिएशन, लगायतका एक दर्जन संघ संस्थाहरूको आयोजनामा वीरगंजमा जारी रात्रि मेलाको गएराति अवलोकन गर्दै मुख्यमन्त्री यादवले विशेष गरी घरेलु उत्पादन, नेपाली हस्तकला, तराई मधेशका लोक प्रिय खाना लगायत दैनिक उपभोग्य वस्तु एकै ठाउँमा सस्तो मूल्यमा उपलब्ध गराउन महानगरपालिकाले आयोजना गरेको रात्रिकालीन दशैं मेला सम्भवतः मुलुकमै पहिलो चोटि आयोजना भएको बताउनुभयो ।
उहाँले रात्रिकालीन दशैं मेलामा उपभोक्तासँगै साना व्यवसायीहरू बाढी लाभान्वित भएको दाबी गर्दै वीरगंज महानगरपालिकाले आयोजना गर्दै आएको रात्रिकालीन बजारले दिनमा व्यस्त उपभोक्ताहरूलाई रातको समयमा शान्तिपूर्ण तरिकाले उपभोग्य सामानको खरिद गर्ने अवसर जुटाएको दाबी गर्नु भयो
कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले रात्रिकालीन मेलालाई महानगरले यस पटक रात्रिकालीन दशैं बजारको रुपमा रूपान्तरण गरेको बताउँदै आगामी दिनमा समेत रात्रिकालीन मेलालाई निरन्तरता दिइने दाबी गर्नुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्