अर्थतन्त्र बिस्तारै लयमा फर्किंदै छ : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको बताएका छन् ।
सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले समग्रमा देशमा अनेकन समस्याहरु रहेको भन्दै सबैले आफ्नो आफ्नो स्थानबाट सकारात्मक पहल गर्न आग्रह गरे ।
उनले अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको बताए । उनले अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने भन्दै यसका लागि सबै पक्षहरु एकजुट भएर लाग्नुपर्ने बताए ।
अहिले समग्रमा देशमा अनेकन समस्याहरु छन् । अन्तर्राष्ट्रिय तहमा पनि अहिले धेरै खाले समस्याहरु छन् । हिजो पनि द्वन्द्वका परिवेशहरु थिए, अहिले पनि नयाँ नयाँ द्वन्द्वका क्षेत्रहरु देखिरहेका छन् । मध्यपूर्वमा धेरै ठूलो द्वन्द्व बढेको छ । अझ बढ्ने सम्भावना र खतरा छ । अन्तर्राष्ट्रिय स्तरमा शक्ति राष्ट्रहरुले यसलाई समयमा नै रोकेनन् भने यसले नराम्रो रुप लिनसक्छ । यसको प्रभाव हामीले पनि भोग्नुपर्छ । अन्तर्राष्ट्रिय तहमै आर्थिक मन्दीको स्थितिमा छ’, उनले भने, ‘त्यो मध्येबाट नेपाल पनि अछुतो रहेको छैन । तर मलाई लाग्छ, बिस्तारै हामी अन्तर्राष्ट्रिय परिवेश नकारात्मक हुने अवस्था नआसओस् भन्ने चाहन्छौँ । त्यो नभएको अवस्थामा बिस्तारै हाम्रो अर्थतन्त्रमा सुधार आउँछ । सकारात्मक कुरा देखिएका छन् । त्यसका बाबजुद अफ्ठ्यारा बाँकी छन् । त्यसलाई सबैले मिलेर समाधान गर्नुपर्छ । अर्थमन्त्रालय, सकरारले मात्रै गरेर समाधान हुँदैन । सबैले आफ्नो आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।’
मन्त्री महतले अर्थतन्त्र राम्रो बनाउन सरकारले पहल गरिरहेको बताए ।
क्याटेगोरी : bannernews, राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्