काठमाडाैंकाे यी ठाउँमा पनि थपियो वान वे
काठमाडौं । काठमाडौं महानगरपालिकाले थप तीन ठाउँमा एकतर्फी (वान वे) बनाएको छ । कार्तिक १ गतेदेखि लागू हुने गरी महानगर क्षेत्रभित्र थप तीन ठाउँमा वान वे बनाएको हो 
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सवारी आवागमनलाई थप व्यवस्थित बनाउन कात्तिक १ गतेबाट लागू गर्ने गरी त्रिपुरेश्वर, कमलादी र दरवारमार्ग सडक खण्डलाई एकतर्फी (वन(वे) बनाइएको महानगरले आज एक सूचना जारी गरेर जानकारी दिएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं ११ त्रिपुरेश्वर मूल सडक खण्डको दक्षिणतर्फ त्रिपुरेश्वरबाट गुसिंगाल- सेतोपुल-मिलन मार्गतर्फ जान मात्र पाउने छ ।
यस्तै वडा नं २८ पुतलीसडक, मूलसडक खण्डको पश्चिमतर्फ कमलादी मोडबाट घण्टाघरतर्फ जान मात्र पाउनेछ भने वडा नं १ र २८ मा पर्ने दरवार मार्ग मूल सडकको पूर्वतर्फ महेन्द्र सालिकदेखि कृष्ण पाउरोटी चोक (कमल पोखरी) सम्म जान मात्र पाउने महानगरपालिकाले जनाएको छ ।
क्याटेगोरी : bannernews, राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्