एमाले अध्यक्ष ओली र कोसी प्रदेशका मुख्यमन्त्री कार्कीबीच बालकोटमा छलफल
काठमाडौं : कोसी प्रदेशमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेस सांसद् केदार कार्कीले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्। शनिबार मुख्यमन्त्रीमा नियुक्ति भएका उनी आज बिहान बालकोट पुगेर ओलीलाई भेटेका हुन्।
शनिबार काठमाडौं आएका कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालालाई निवासमै गएर भेटेका थिए। स्रोतका अनुसार कार्कीलाई देउवाले गठबन्धनको मर्मलाई आत्मासाथ गरेर अगाडि बढ्न आग्रह गरेका छन्।
बालकोट स्रोतका अनुसार अध्यक्ष ओलीले कार्कीलाई बालकोटमा मुख्यमन्त्री भएकोमा बधाइ तथा शुभकामना दिए। उनले पार्टीभित्रै गलत कदमका विरुद्ध उभिन सकेकोमा पनि कार्कीलाई बधाइ समेत दिए।
उनले कोसी प्रदेशमा भएको असंवैधानिक राजनीतिलाई अबको नेतृत्वले सच्याउने आशा व्यक्त गरे। मुख्यमन्त्री कार्कीले आज पद तथा गोपनयिताको सपथ ग्रहण गरेर मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्। स्रोतका अनुसार कांग्रेसको विद्रोही पक्षबाट एक जना र एमालेबाट एकजना मन्त्री बनाउने तयारी भइरहेको छ। कार्की विराटनगर आएपछि थप छलफल हुने एक सांसदले बताए।
कार्की संविधानको धारा १६८ (५) अन्तर्गत कोसीको मुख्यमन्त्री नियुक्त भएका हुन्।
क्याटेगोरी : bannernews, राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्