दाहाल, देउवा र कोइरालाबिच लिखित सहमति: सत्ता गठबन्धनप्रति दृढ र प्रष्ट छौं
काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनको निर्णय विपरित सरकार बनेपछि गठबन्धनलाई झट्का लागेको छ ।
शनिबार गठबन्धनको निर्णय विपरित नेता शेखर कोइराला समुहका कांग्रेसका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि सत्ता गठबन्धनका नेताहरुलाई झट्का लागको हो ।
सत्तागठबन्धनबाट माओवादी केन्द्रका इन्द्रबाहादुर आङबो मुख्यमन्त्रीको दाबेदार थिए । तर, कांग्रेसका बिद्रोही ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएपछि सत्ता गठबन्धनलाई नराम्रो झट्का लागेको हो ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल , कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन धरापमा पर्ने आशंका गर्दे नेता कोइरालासँग शनिबार बिहान सहमति गरेका छन् । नेताबीच गठबन्धनलाई अझै बलियो बनाउने बिषयमा लिखित सहमति भएको हो ।
सहमतिमा सबैजना सत्ता गठबन्धनप्रति दृढ ,स्पष्ट रहेको र गठबन्धनलाई कमजोर हुन नदिने उल्लेख गर्दे हस्ताक्षर गरीएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्