नेकपा एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षमा चार जनाको उम्मेदवारी
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन दर्ता भएको छ । दुई दिनसम्म सर्वसम्मत गराउने शीर्ष नेताहरुको प्रयास असफल भएपछि अन्ततस् आज उम्मेदवारी मनोनयनको प्रक्रिया अगाडि बढेको हो ।
अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी, भरत साउद र बचनबहादुर सिंहको उम्मेदवारी परेको छ ।
यस्तै एक उपाध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको निर्वाचन कमिटीले जानकारी दिएको छ । हरिसिंह साउद, कालीबहादुर शाही, हजारी साउद, बलदेव रेग्मी र रणबहादुर महराले उम्मेदवारी दिएका छन् ।
एक सचिव पदका लागि रणबहादुर चन्द, राजेशकुमार खाती र रनतराज रेग्मीबीच प्रतिस्पर्धा हुने भएको छ । यसैगरी महिला उपसिचव पदका लागि भागरथी विष्ट तिमिल्सिना, कन्दकला राना र अर्चना गहतराजले मनोनयन दर्ता गरेको निर्वाचन कमिटीले जनाएको छ ।
उपसचिव खुलाको एक पदमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अशोककुमार चन्द, नरबहादुर विक, राम दत्त जोशी, हरदेव जोशी, पल्लवराज भट्ट र सुरेन्द्रबहादुर पालको उम्मेदवारी परेको छ ।
मध्याह्न साढे १२ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय थपिएको थियो । यसअघि बिहान साढे ११ बजेसम्मको समय तोकिएको थियो । यस्तै दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ताको समयावधि तोकिएको छ ।
यसअनुसार आजै साँझ ५ बजेदेखि नयाँ नेतृत्वका लागि निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत पदम पालले जनाएका छन् । अधिवेशनमा सुदूरपश्चिम प्रदेशका ६७५ प्रतिनिधी सहभागी छन् । अधिवेशनले अध्यक्षसहित १ सय ५५ सदस्य नयाँ नेतृत्व चयन गर्नेछ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #नेकपा एमाले सुदूरपश्चिम प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्