कोशी प्रदेशको लागि देउवाले प्रधानमन्त्री दाहालसँग निर्णायक भेटवार्ता गर्दै
काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशी प्रदेशको सरकार गठनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने भएका छन् ।
सभापति देउवाले आफूनिकट नेताहरुसँग कोशीमा आफू गठबन्धनबाट नै सरकार बनाउनुपर्ने पक्षमा रहेको अडान सुनाएका छन् । उनले आफुहरु गठबन्धनमा रहेकोले गठबन्धनको मर्म र भावनालाई आत्मसात गरेर जानुको विकल्प नभएको कुरा पार्टी पदाधिकारी बैठकमा समेत ब्रिफिङ गरेका छन् ।
प्रधानमन्त्री दाहालले कोशी प्रदेश सरकार गठनको लागि राप्रपाको साथ खोजेका छन् । उनले आज अपरान्ह राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गर्ने तयारी गरेका छन् । त्यसअघि नै देउवाले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्ने बुझिएको छ । कोशी प्रदेशमा मुख्यमन्त्रीमा उद्धव थापासँगै संसदीय दलका उपनेता केदार कार्की र नेता अमृत अर्यालको दाबी छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्