नेकपा एमाले सुदूरपश्चिम अधिवेशनको बन्द सुरु
काठमाडौं, २२ असोज । नेकपा एमाले सुदूरपश्चिम अधिवेशनको बन्दसत्र सुरु भएको छ । हिजो धनगढीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनमा आज बन्दसत्र सुरु भएको हो ।
बन्दसत्रमा प्रदेश कमिटी अध्यक्षले पेश गरेको राजनीति प्रतिवेदनमाथि छलफल हुने सचिव धर्मराज पाठकले जानकारी दिए । उनका अनुसार प्रदेशको नयाँ नेतृत्वका लागि सर्वसहमतिको प्रयास भइरहेको छ ।
सर्वसहमति नभएमा निर्वाचन हुने उनले जानकारी दिए ।
एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनमा तीन जनाले अध्यक्षमा आकांक्षा देखाएका छन् । प्रदेश अध्यक्षमा कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी र वचनबहादुर सिंहले आकांक्षा देखाएका हुन् ।
एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा ६ सय ५७ जना प्रतिनिधि रहेका छन् । प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ ।
एमालेले लुम्बिनी, बागमती, कर्णाली, कोशी, गण्डकी र उपत्यका विशेष प्रदेश कमिटी अधिवेशन गरिसकेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्