कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि शनिबार विश्वासको मत लिदै हुनुहन्छ ।
गत बुधबार बसेको प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कार्कीले यही २० गते विश्वासको मत लिने समझदारी बनेको थियो । संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते मुख्यमन्त्री बन्नु भएको थियो । उहाँ सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री बन्नुभएको हो ।
संविधानअनुसार मुख्यमन्त्री भएको ३० दिनभित्र अर्थात् यही असोज २० गतेभित्र कार्कीले विश्वासको मत लिइसक्नुपर्नेहुन्छ । तर विश्वासको मत पाउन भने मुस्किल हुने देखिएको छ । प्रदेशसभामा एमालेका ४० सांसद छन् । त्यसैगरी नेपाली कांग्रेसका २९,माओवादी केन्द्रका १३,राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना,नेकपा एकीकृत समाजवादीका ४ जना र जनता समाजवादी पार्टीका १ जना सांसद रहेका छन् ।
९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ सांसद आवश्यक पर्छ । बिवश्वासका मतमा बहुमतका लागि मुख्यमन्त्री कार्कीले कांग्रेस र माओवादीमध्ये एक पार्टीको सहयोग लिनुपर्ने हुन्छ । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकका दलहरु गठबन्धनका रहेका छन् । कांग्रेस, माओवादी,एकीकृत समाजवादी र जनता समाजवादीले अहिलेकै अवस्थामा कार्कीलाई सहयोग गर्ने अवस्था देखिएको छैन ।
कार्कीको रणनीति गठबन्धनमा रहेका दलहरुलाई फुटाएर बहुमत जुटाउन सकिन्छकि भन्ने रहेको छ । त्यसका नेकपा एकीकृत समाजवादीका ४ मध्ये २ जना सांसद आफ्नो पक्षमा ल्याउने र राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ लिने कार्कीको प्रयास छ । यसो गर्दा कार्कीको पक्षमा ४८ जना सांसद पुग्नेछन् । राप्रपाले पहिलादेखि नै कार्कीलाई सघाउँदै आएको छ । तर कतिपयले नेकपा एकीकृतका सांसदहरु मुख्यमन्त्री कार्कीको पक्षमा नजाने र कार्कीले बिश्वासको मत नपाएर सरकार ढल्ने बताएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #हिक्मतकुमार कार्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्