नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन आजदेखि
काठमाडौं, १९ असोज । नेकपा (एमाले) को उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैरभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध उपत्यका प्रदेश कमिटीको अधिवेशन हुन लागेको हो ।
अधिवेशनको एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनअघि शान्तिबाटिका ९रत्नपार्क० बाट प्रदर्शनीमार्गसम्म पदयात्रा गरिने कार्यक्रम रहेको छ ।
अधिवेशनका लागि तीन सय चार प्रतिनिधि चयन भइसकेका छन् । अधिवेशनले ७५ सदस्यीय उपत्यका प्रदेश कमिटी निर्वाचित गर्नेछ । यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यवसाय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी छन् ।
एमालेको लुम्बिनी, बागमती, कर्णाली, कोशी र गण्डकी प्रदेश गरी पाँच प्रदेशमा अधिवेशन सम्पन्न भइसकेको छ ।
लुम्बिनीमा राधाकृष्ण कँडेल, बागमतीमा कैलाश ढुंगेल, कर्णालीमा गुलाबजंग शाह, कोशीमा घनश्याम खतिवडा र गण्डकीमा नवराज शर्मा प्रदेश अध्यक्ष निर्वाचित भइसकेका छन् । अब एमालेको सुदूरपश्चिम र मधेस प्रदेश अधिवेशन हुन बाँकी रहेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्