कोशी प्रदेशमा मिलेर अगाडि बढ्नुको बिकल्प छैन : अध्यक्ष ओली
बिराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्नुको बिकल्प नरहेको बताउनुभएको छ ।
बिराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अहिले मध्यावधि तर्फ जानु उचित नभएको प्रष्ट पार्नभयो । उहाँले मध्यावधिमा गए अरू दलको सिट घट्ने पनि बताउनुभयो । मध्यावधि भए एमालले १५ सिट बढाउँने दाबी गर्नुभयो । अहिले राज्यको खर्च हुने भएकाले मध्यावधिमा जानु अनुचित हुने उहाँको भनाई थियो ।
अध्यक्ष ओलीले अहिले देशमा साम्प्रदायिक विद्वेयस फैलाउने काम भइरहेको पनि बताउनुभयो । बिभिन्न अभिष्टहरु पुरा गर्नका लागि यस्ता गतिविधि गरिएको भन्दै ओली यस्ता अभिष्ट पुरा नहुने पनि प्रष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण उपलब्धि मूलक नभएको पनि जिकीर गर्नुभयो । उहाँ सन्चै जानु भएको र सन्चै आउनु भयो अरू प्रगति नभएको ओलीले भनाई थियो ।
महाकालेश्वर देखि मानसरोवर सम्मको धार्मिक यात्रालाई उहाँले पाप पखाल्न गएको आरोप लगाउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्