एमाले गण्डकी प्रदेशको नेतृत्व चयनका लागि आज मतदान
काठमाडौं । नेकपा (एमाले) को गण्डकी प्रदेशको नयाँ नेतृत्व चयलका लागि बुधबर मतदान हुँदैछ ।
एमाले गण्डकीले चुनावी कार्यतालिका सार्वजनिक गर्दै नयाँ नेतृत्व चयनका लागि बुधबार दिउँसो १ बजेदेखि चुनाव हुने जनाएको हो ।
प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बुधबार बिहान १० बजे उम्मेदवारी फिर्ता लिने समय दिईने र दिउँसो १ बजेदेखि चुनाव हुने जानकारी दिनुभएको हो । एमाले गण्डकीमा नयाँ नेतृत्व सहमतिमा चुनिने सम्भावना न्यून छ ।
गण्डकीमा पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङ (पिएस) र स्थायी कमिटी सदस्य खगराज अधिकारी (के.आर) को दुई समूहबीच टकराव छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीद्वय गुरुङ र अधिकारीबीचको लडाईले प्रदेश अधिवेशनलाई निर्वाचनतर्फ धकेलेको हो ।
उपमहासचिव गुरुङलाई एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलको साथ छ भने पूर्व संगठन विभाग प्रमुख अधिकारीलाई महासचिव शंकर पोखरेलको साथ छ ।
गुरुङ समूहले नवराज शर्मालाई प्रदेश अध्यक्षमा अगाडि बढाउँदा अधिकारी समुहबाट मायानाथ अधिकारी अध्यक्षमा उठ्दैछन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्