एमाले गण्डकी प्रदेश अधिवेशन: आजदेखि सुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ ।
देश संघीयतामा गएपछि पहिलो पटक हुन लागेको एमाले गण्डकी अधिवेशनको एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । अधिवेशनको उद्घाटन अघि एमालेले पोखराका विभिन्न चार स्थानबाट र्याली निकाल्ने तयारी गरेको छ ।
एमाले गण्डकीले हस्पिटल चोक, औद्योगिक क्षेत्रस्थित शिवचोक, बुद्धचोक र पृथ्वीचोकस्थित पोखरा बसपार्क गरेर चार स्थानबाट र्याली निकालेर अमरसिंचौर पुगेपछि उद्घाटन सभामा परिणत हुने जनाएको छ । उद्घाटन सभालाई एमालेले शक्ति प्रदर्शनका रुपमा हेरेको छ । त्यसैले उसले कास्कीका सबै पालिकाका वडाहरुमा निःशुल्क बसको व्यवस्था गरेको छ ।
अधिवेशनमा ९ सय ७ जना प्रतिनिधि रहने जनाइएको छ । कास्कीबाट १ सय ४६, स्याङ्जाबाट १ सय १३, गोरखाबाट ५३, बागलुङबाट ७२, पर्वतबाट १ सय १०, नवलपुरबाट १ सय ९, तनहुँबाट ८२, मुस्ताङबाट १६, लमजुङबाट ६५, मनाङबाट १४, म्याग्दीबाट ४२ र जनसंगठनबाट ८६ जना प्रतिनिधिका रुपमा सहभागी हुनेछन् ।
यसैबीच एमाले गण्डकीको अधिवेशनमा प्यानल बनाउन बन्देज लगाइएको छ । प्यानल बन्ने सम्भावित अवस्थालाई मध्यनजर राखेर नेतृत्वले प्यानल बनाउन बन्देज लगाएको हो । गण्डकीमा पूर्व मुख्यमन्त्री द्वय पृथ्वी सुब्बा गुरुङ (पिएस) र खगराज अधिकारी (केआर) को दुई समूह छ ।
अधिवेशनएमाले गण्डकी
प्रतिक्रिया दिनुहोस्
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेपाल एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्