एमाले बागमती प्रदेश अधिवेशन : अध्यक्षमा दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा
काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशको अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ ।
रामेछाप जिल्ला अध्यक्ष आनन्द कुमार श्रेष्ठको प्रस्तावमा ढुंगेलले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
दाहालको प्रस्तावकमा भने हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् । सहमतिको प्रयास असफल भएपछि नेतृत्व चयनका लागि भोली मतदान हुने निश्चित भएको हो ।
निर्वाचन समितिले मतदानका लागि मतदाताहरुको नामावली प्रकाशन गरेको छ । मतदान बिहीबार बिहानबाट पार्टी मुख्यालय च्यासलमा हुनेछ ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २ सय ४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #एमाले बागमती प्रदेश अधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्