एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल मनोनित
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीले नेता घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले भुसाललाई मनोनित गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको महासचिव पदमा भुसाललाई चयन गरिएको र महासचिव वेदुराम भुसाललाई आइतबारबाट लागू हुने गरी उपाध्यक्षमा मनोनित गरिएको बताउनुभयो ।
उहाँले बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको पनि बताउनुभयो । उहाँले केन्द्रीय सचिवालय सदस्यको संख्या १९ पुर्याइएको बताउनुभयो । उहाँले पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको र आइतबारबाट सत्ता पक्षको कुर्सीमा बस्ने निर्णय गरेको पनि बताउनुभयो ।
क्याटेगोरी : राजनीति
ट्याग : #घनश्याम भुसाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्