राप्रपाले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक
काठमाडौं । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ ।
दिउँसो ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विषयमा छलफल हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
गृह मन्त्रालयलाई राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)लाई दिने कि नदिने भन्ने विषयले सत्ता साझेदार दलमा खटपट भइरहेको बेला राप्रपाले बैठक बोलाएको हो । यस विषयमा राप्रपा मौन देखिएको छ ।
नागरिकता सम्बन्धी विवादका कारण रास्वपाका सभापति रवि लामिछानेको उपप्रधान एवम् गृहमन्त्री पद गुमेको छ ।
रविले नेपाली नागरिकता पुनः प्राप्त गरेपछि रास्वपाले गृहमन्त्रालय पाउनुपर्ने अडान लिंदै आएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि रास्वपाको अडानलाई साथ दिएका छन् । तर प्रधानमन्त्री प्रचण्डले उक्त मन्त्रालय तत्काल रास्वपालाई नदिने बताएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #राष्ट्रिय प्रजातन्त्र पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्