हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गर्छौं : संसद धवलशमशेर जबरा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर जबराले संसदमा आफूहरुलाई नहेप्न आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आफूहरुलाई हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्नकै जनताले मत दिएको भन्दै संसदमा नहेप्न आग्रह गरेका हुन् ।
बुधबार नै प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले राप्रपाबाट मन्त्री बनेका नेताहरुले हिन्दुराष्ट्र र राजतन्त्रको वकालत गरेको भन्दै विरोध जनाएका थिए ।
राप्रपा नेता राणाले आफ्नो बोल्ने पालोमा धर्मनिरपेक्षता र गणतन्त्रलाई संविधानले अपरिवर्तनीय विषय नमानेकाले बोल्न पाउनुपर्ने बताए ।
‘हामी नेपालमा फेरि सनातन धर्म हिन्दु राष्ट्र कायम गर्न आएका छौं, हामी फेरि राजासहितको प्रजातन्त्र स्थापित गर्न आएका छौं’, उनले भने, ‘यो कुरा (धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध बोल्न) संविधानले रोक्दैन । संविधानमा अपरिवर्तनीय बुँदा होइन, हामीले बोल्न पाउनुपर्छ ।’
आफूहरुलाई हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्न जनताले मत दिएको पनि महामन्त्री राणाले बताए । ‘यो व्यवस्था नमान्ने भएको भए हामी जंगल जान्थ्यौं, यही व्यवस्था र यही संविधानभित्र बसेर यो संविधानलाई हामीले बोकेका मूल्य मान्यताभित्र परिवर्तन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जनताले भोट दिएर हामी आएका छौं’ उनले भने ।
उनले अन्तिममा भने, ‘हामीलाई हेप्ने काम, हामीलाई होच्याउने काम यो सदनबाट आइन्दा फेरि नहोस् ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #डा. धवलशमशेर जबरा, #राष्ट्रिय प्रजातन्त्र पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्