प्रधानमन्त्री र मन्त्रीहरूबीचमै सार्वजनिक मतभेद देखिनु राम्रो लक्षण होइन : रघुजी पन्त
काठमाडौँ । नेकपा एमालेका सांसद् रघुजी पन्तले संविधानका आधारभूत संरचनाहरूमै प्रधानमन्त्री र मन्त्रीहरूबीचमा सार्वजनिक मतभेद देखिएको भन्दै आलोचना गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले संविधानबमोजिम शपथ लिएको मन्त्रीले संविधानको भावनाविपरीत बोल्न नहुने बताए ।
‘प्रधानमन्त्रीले संघीयताविरुद्व बोल्नेलाई स्पष्टिकरण सोध्छु भन्नुभएको भोलिपल्ट सरकारका मन्त्रीहरूले संघीयता रहनुहुँदैन भनेर बोल्नुभयो, प्रधानमन्त्रीले अहिलेसम्म स्पष्टिकरण सोधेको थाहा छैन,’ उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरूका बीचमा सार्वजनिक विवाद भएको राम्रो होइन । संविधानको आधारभूत संरचनाहरूकै बारेमा प्रधानमन्त्री र मन्त्रीहरूको धारणा बाझिने कुरा लोकतन्त्रको लागि राम्रो लक्षण होइन । मन्त्रिपरिषद्मा बसेर संविधानको बर्खिलाप गर्न पाइँदैन ।’
उनले धर्मका कारण विश्वमा धेरै युद्धहरू भएपनि नेपालले शान्तिको सन्देश दिएको बताए । ‘नेपाल बुद्ध जन्मिएको देश हो । बुद्ध विश्व शान्तिका दुत हुन् । त्यसैले हामी यहाँ धर्मका माध्यमबाट जोडियौँ, जोड्ने माध्यम बनाऔँ,’ उनले भने, ‘यो सरकारले स्थिरता दिन्छ होला, तर संविधानका आधारभूत विषयहरूमा प्रश्न उठाउन पाइदैन ।’
सांसद पन्तले अहिलेको सरकार संयुक्त सरकार भएकाले न्यूनतम साझा कार्यक्रमलाई आधार बनाएर सञ्चालित हुनुपर्ने बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #रघुजी पन्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्