घनश्याम भुसाल, प्रभु साहसहित १३ जना एमालेबाट निष्कासित, को को परे?
नेकपा (एमाले) ले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरेको छ । आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टी गतिविधिविरुद्ध काम गरेको भन्दै भुसाल र साहलाई पार्टीबाट हटाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
यस्तै पार्टीले उपेन्द्र साह (रौतहट), कुन्दन कुसवाह (रौतहट) रामप्रित राम (सिराहा), बद्री न्यौपाने (सर्लाही), रीता साह (सर्लाही), गङ्गा चौधरी (दाङ) र टेकबहादुर बलम्पाखी (महोत्तरी)लाई पनि केन्द्रीय सदस्यबाट निष्काशन गरिएको उहाँले जानकारी दिनुभयो ।
पार्टीका कन्द्रीय सल्लाहकार ताप्लेजुङका वाङ्दे शेर्पा, कञ्चनपुरका खेम सुवेदी र भक्तबहादुर अधिकारी तथा कैलालीका लक्ष्मी शाह तथा पार्टीको समानुपातिक सूचीमा भएर पार्टीविरोधी गतिविधिमा रहेको भन्दै जैतुन खातुनलाई पनि कारबाही गरिएको गुरुङले जानकारी दिनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्