एमालेको नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्छ : उपमहासचिव गुरुङ
काठमाडौँ । नेकपा एमाले उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताउनु भएको छ ।
सत्तारुढ गठबन्धनलाई तोडेर वामपन्थी शक्तिलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने उहाँले बताउनु भयो ।
लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिन प्रेस चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमै सरकार बन्ने प्रचारलाई तोडेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने बताउनु भयो । मुलुकमा प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि, मुलुकको स्वाधिनतामाथि धावा बोल्ने कामलाई रोक्नका लागि एमाले नेतृत्वमा सरकार बन्नुपर्ने उहाँको तर्क थियो । उहाँले संघ र सात वटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियतमा रहेको दाबीसमेत गर्नुभयो ।
उपमहासचिव गुरुङले भन्नुभयो, ‘म फेरि पनि भन्छु– नेकपा एमाले नेतृत्वको सरकार बनाउने काममा हामी लाग्नु पर्छ । अहिले जोडतोडले दुष्प्रचार भइराखेको छ, कुप्रचार भएको छ कि अब शेरबहादुर नै प्रधानमन्त्री भनिराख्या छ । प्रधानमन्त्री को होला, त्यो बेग्लै कुरा हो । तर हामीले सकारात्मक सोच भएका शक्तिहरुबीच सरकार बनाउनु पर्छ । यो दक्षिणपन्थी गठबन्धनलाई तोडिएन भने मुलुकमाथि आइरहेका जोखिमका कुराहरु, राष्ट्रिय स्वाधिनतामाथि धावा बोलिरहेको जुन स्थिति हो, यसको हामीले अन्त्य गर्न सक्दैनौं । त्यसकारणले राष्ट्रिय स्वाधिनताका पक्षधर शक्तिहरु सबैलाई हामीले एकजुट बनाउनु पर्दछ । त्यो दायित्व हामीसँग छ ।’
अब एमालेकै पहल र नेतृत्वमा सरकार बन्नुपर्ने पनि उपमहासचिव गुरुङको भनाइ छ । उहाँले भन्ननुभयो, ‘नेकपा एमालेको नेतृत्वमा अवको सरकार बन्नु पर्छ । यो एमालेको पहलमा अवको सरकार बन्नु पर्छ । अवको पावर सेयरिङमा एमालेको महत्त्वपूर्ण भूमिका हुनुपर्छ । त्यो काममा हामीले सफलता प्राप्त गर्नुपर्छ । त्यसलाई गम्भिरतापूर्वक ग्रहण गरेर हामी सात वटै प्रदेशमा सरकार बनाउन सक्छौं । संघीय सरकार पनि बनाउन सक्छौं हामी । त्यो लक्ष्य पूरा गर्नका लागि दिनरात नभनी हाम्रो पहलकदमी सुरु हुनुपर्छ । हाम्रो सक्रियता सुरु हुनुपर्छ । हाम्रो सुझबुझ, दूरदर्शिता त्यही प्रकट हुनुपर्छ । हाम्रो योग्यता, क्षमता त्यही प्रकट हुनुपर्छ । त्यो पहलकदमी गरेर सार्थक निष्कर्षमा पुर्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #पृथ्वीसुब्बा गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्