चुनावपछिको प्रधानमन्त्री प्रचण्ड नै हुन् : बाबुराम भट्टराई
गोरखा । नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट आगामी निर्वाचन लडेको नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री बन्ने ठोकुवा गर्नुभएको छ ।
गोरखाको सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा मतदाता भेटघाट कार्यक्रममा अध्यक्ष दाहालसहित पुग्नुभएका भट्टराईले चुनावपछिको प्रधानमन्त्री प्रचण्डनै रहेको ठोकुवा गर्नुभयो । कांग्रेसले आफ्नै पार्टीको नेतृत्वमा सरकार भन्ने घोषणापत्र सार्वजनिक गरेको भोलिपल्ट प्रचण्डले बाबुरामबाट आफू प्रधानमन्त्री बन्ने घोषणा गर्न लगाउनु भएको हो ।
भट्टराईले गठबन्धन दलले जस्ले जे भने पनि प्रचण्ड प्रधानमन्त्री भन्दै भोट माग्नुभएको हो । ’अब मैले बिदा लिन्छु । एउटै मान्छै सधैं पदमा बस्न सक्दैन र हुँदैन पनि । म अब अरु कुनै ढंगले सक्रिय हुनेछु, ’ भट्टराईको भनाई थियो ।
गठबन्धनको सरकार पाँच वर्ष चल्ने र अबको प्रधानमन्त्री पुष्पकमल दाहाल हुने उहाँको भनाई थियो । ’प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्नु भएको छ । उहाँ सुयोग्य व्यक्ति हो,
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #चुनावपछिको प्रधानमन्त्री प्रचण्ड नै हुन : बाबुराम भट्टराई, #डा . बाबुराम भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्