अध्यक्ष ओली झापा आउँदै, चुनावी अभियानमा ४ दिन व्यस्त हुने
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी अभियान तथा प्रचारका क्रममा आज झापा आउँदैछन् । ४ दिनसम्म उनी मतदातासँगको भेटघाट, कार्यकर्ता भेलामा सहभागी हुने बताइएको छ ।
झापा एमालेका अनुसार ओली दिउँसो २ बजे भद्रपुर विमानस्थल उत्रिनेछन् । शुक्रबार अपरान्ह स्थानीय सिटी गार्डेन होटलमा आयोजना हुने एमाले(राप्रपाको संयुक्त भेलालाई उनी र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्नेछन् ।
अध्यक्ष ओलीले आजै क्षेत्र नम्बर ५ को दमकमा आयोजना हुने दुईवटा भेटघाट तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । एमाले पोलिटब्युरो सदस्य एवं झापा(५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार ओलीले क्याम्पस मोडमा दमक वडा नम्बर ५, ८ र ९ र ५ का मतदातासँग अपरान्ह ४ बजे र दमकस्थित पशुपति मन्दिरमा वडा नम्बर ६ र ७ का मतदातासँग अन्तरक्रिया र सम्बोधन गर्नेछन् ।
शनिबार दमक(३ र ४ का मतदातासँग कृष्ण मन्दिरमा भेटघाट तथा अन्तरक्रिया आयोजना गरिएको छ । यसैगरी कमल गाउँपालिकाको बाह्रघरेमा शनिबार मध्यान्ह मतदाता तथा कार्यकर्ता भेला राखिएको छ । दिउँसो २ बजे वडा ९ र १० को संगम चोकमा भेला छ । अपरान्ह ४ बजे वडा १ र २ का बासिन्दासँग हिमालय माध्यमिक विद्यालयमा भेटघाट र अन्तरक्रिया छ ।
कात्तिक १३ गते गौरादह र गौरीगञ्जकेन्द्रित कार्यक्रम छ ।
कात्तिक १४ गते बिहान ११ बजे कमल गाउँपालिकाको क्याम्पा बजारमा भेला आयोजना गरिएको छ । प्रत्येक भेलामा अधिक मतदाता र कार्यकर्तालाई सहभागी गराउन प्रत्येक टोल कमिटीलाई निर्देशन दिइएको छ । चुनावी तालमेलमा रहेको राप्रपाले पनि कार्यकर्तालाई सहभागी हुन निर्देशन दिएको छ । भेलामा ओलीलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा जनजीविकाका सवालसँग सम्बन्धित सुझाव दिन सकिने बताइएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #अध्यक्ष ओली झापा आउँदै, #केपी शर्मा ओली, #चुनावी अभियानमा ४ दिन व्यस्त हुने, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्