Techie IT
सोमबार, वैशाख २२,२०८२

एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैन : अध्यक्ष ओली


काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दावी गर्नुभएको छ ।

आज काठमाडौंमा आदिवासी जनजाति महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई विकासको बाटोमा अघि बढाउन एमाले नेतृत्वको सरकार आवश्यक परेको भन्दै अबको निर्वाचनपछि एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने बताउनु भएको हो ।

अध्यक्ष ओलीले आफ्नो काम जनताको माया गर्ने र विकास गर्ने भएकाले चर्चा कमाउन मात्रै काम नगर्ने जिकिर गर्नुभयो । उहाँले अरुजस्तो फ्रि भिया फ्रि टिकट भनेर एमाले कहिल्यै नहिडेको बरु देशलाई माया गर्नेको पक्षमा काम गर्ने वाचा गरेको बताउनुभयो ।

अहिले जनतालाई अल्मल्याउने नभई देशको विकास गर्ने बेला भएको उहाँको भनाई छ । ओलीले आगामी निर्वाचनमा एमालेको बहुमत आउने गरी तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545