महोत्तरी १ मा ओलीको आशिर्वाद लिएर मैदान उत्रिए लक्ष्मी महतो
महोत्तरी । महोत्तरी क्षेत्र नं १ मा प्रतिनिधि सभा उम्मेदवार रहेका लक्ष्मी महतो मनोनयनपछि लगत्तै काठमाडौं आएर नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको आशिर्वाद थापेर जिल्ला फर्किएपछि विपक्षी बृतमा खैलाबैला मच्चिएको छ । यस पटक एमाले उम्मेदवार भएका महतो उहाँ नै हुनुहुन्छ जोे २०७४ को निर्वाचनमा महोत्तरी क्षेत्रनं। १ मा झिनो मतले पराजित हुनुभएको थियो ।
यसपटक महतो उम्मेदवार मनोनयनको अघिल्लो दिन एमाले प्रवेश गरेर सूर्यध्वजावाहक उम्मेदवार बन्नुभएको छ । २०७४ को निर्वाचनमा उहाँ उपेन्द्र यादव नेतृत्वको जसपाकोतर्फबाट प्रतिनधिसभाको उम्मेदवार हुनुहुन्थ्यो । त्यतिखेर यहाँ माओवादी–एमालेको कसिलो गठबन्धन थियो । तर, यो गठबन्धनलाई हायलकायल पार्नु भएका उहाँ गिरिराजमणि पोखरेलसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो । २०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनले यो क्षेत्रको दुवै प्रदेशसभा क्षेत्र र प्रतिनिधि सभामा जितको वाजी मारेको थियो भने नेपाली काँग्रेस उम्मेदवारको जमानत जोगिएको थिएन ।
यसपटक बदलिएको परिवेश
२०७४ सालमा माओवादीले महोत्तरी जिल्लाभरी नै स्थानीय निर्वाचनमा राम्रो प्रदर्शन गरेको थियो जुन यसपटक ध्वस्तै भएको छ । ७४ को स्थानीय निर्वाचनमा महोत्तरीको यो निर्वाचन क्षेत्रमा पर्ने दुई ठूला नगरपालिकामा माओवादीले बहुमतसहित मेयर–उपमेयर जितेको थियो । यसै क्षेत्रमा पर्ने अर्को नगरपालिका भंगाहामा पनि त्यतिबेला माओवादीको राम्रै पकड थियो ।
अहिले परिस्थिति र परिवेश दुवै बदलिएको छ । पहिले माओवादीले जितेका यी दुई नगरपालिका मध्ये अहिले एउटामा जसपाले बहुमतसहित मेयर–उपमेयर जितेको छ । जसपाले जितेको गौशाला नगरपालिकाका मेयर एमाले एम्मेदवार लक्ष्मी महतोका छोरा हुनुहुन्छ । बर्दिवास नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । बर्दिवास मेयर प्रल्हाद क्षेत्री समूहले यसपटक प्रतिनिधिसभा र प्रदेश सभा ९क०मा फेरि पनि स्वतन्त्र उम्मेदवारी दिएको छ । बर्दिवास र गौशाला दुवै नगरपालिकामा गएको स्थानीय निर्वाचनमा काँग्रेसको लगभग जमानत जफ्त भएको स्थिति थियो ।
बर्दिवासमा मेयर प्रल्हाद क्षेत्रीको समूहले प्रतिनिधि सभा र प्रदेश सभामा छुट्टै उम्मेदवारी दिनु, क्षेत्रमा मात्र नभएर जिल्लाभरी नै माओवादीको आन्तरिक कलहले संगठन छिन्नभिन्न हुनु त्यमध्येका केही एमालेमा प्रवेश गर्नु र केहीले स्वतन्त्र उम्मेदवारी दिनुले यहाँ गठबन्धनले प्रतिस्पर्धा गर्न नै हम्मे देखिएको छ । अर्कोतिर एमाले र जसपा दुवैले २०७४ को निर्वाचनभन्दा आफ्नो स्थितिमा सुधार मात्र होइन उलटफेर नै गरेको स्थिति छ ।
यसपटक महतोले पुराना प्रतिद्वन्द्वी पोखरेलसँग नमज्जाले बदला लिने स्थिति देखिएपछि माओवादीमा छटपटाहट सुरु भएको छ । एमाले उम्मेदवार महतोविरुद्ध मनोनयनकै दिनदेखि माओवादीले योजनावद्ध व्यक्तिगत लाच्छना र अनर्गल हल्ला सुरु गरेको छ । महतोले भने माओवादीले पराजित मानसिकताको झूलो हल्लाका पछि नलाग्न र उत्साहित हुँदै ढुक्क भएर सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली, #महोत्तरी १ मा ओलीको आशिर्वाद लिएर मैदान उत्रिए लक्ष्मी महतो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्