नेकपाको श्रद्धाञ्जलिसभा शुक्रबार-ओली र प्रचण्डले सम्बोधन गर्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका दिवङ्गत नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको संयुक्त श्रद्धाञ्जलि सभाको तयारी गरेको छ ।
नेकपा केन्द्रीय कार्यालयले यही फागुन २३ गते बिहीबार काठमाडौँको भृकृटीमण्डपमा श्रद्धाञ्जलि सभाको तयारी गरेको हो । नेकपाका स्थायी कमिटीका सदस्य पम्फा भुषालले सभामा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीले सभाका लागि पार्टीका विभिन्न कमिटी र जनसङ्गठन परिचालन गर्नेछ ।
नेता भरतमोहनको यही फागुन १८ गते उपचारका क्रममा र तत्कालीन मन्त्री अधिकारीको यही फागुन १५ गते ताप्लेजुङको भीरढुङ्गामा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेकपाको श्रद्धाञ्जलिसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्