एमालेलाई सघाउन ५०१ सदस्यीय निर्वाचन परिचालन सहयोग समिति गठन
काठमाडौं, ३१ असोज । समावेशी आर्थिक विकास समाजवादको आधार हुने बुद्धिजीवीहरूले वताएका छन् ।
नेपाल बुद्धिजीवी परिषद्को नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठान र प्रवासी नेपाली मञ्चले राजधानीमा आयोजना गरेको ‘समावेशी आर्थिक विकासका लागि नेपालका चुनौतिहरू’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा सहभागी बुद्धिजीवीहरुले सो कुरा बताएका हुन् ।
कार्यक्रममा नेपाल वुद्धिजीवी परिषद्का अध्यक्ष तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले नेपालको विशिष्ठताका आधारमा समाजवादको मोडल तयार गरिनुपर्ने बताए । समावेशी आर्थिक विकासका मध्यमबाट उच्च आर्थिक वृद्धि गर्ने कामले समाजवाद निर्माणलाई योगदान पुग्ने वताउँदै डा. देवकोटाले ग्रीन इकोनमीलाई पनि प्राथामिकता दिनुपर्ने बताए ।
आसन्न निर्वाचनमा नेकपा एमालेको पक्षमा माहाला सृजना गर्न बुद्धिजीवी परिषद्ले केन्द्रमा ५०१ सदस्यीय निर्वाचन परिचालन सहयोग समिति गठन गरी प्रदेश र जिल्लामा पनि गठन गर्न निर्देशन गरिएको जानकारी गराउँदै अध्यक्ष देवकोटाले पार्टीको चुनावी घोषणापत्र निर्माणमा बुद्धिजीवी परिषद्ले संघ, प्रदेश र निर्वाचन क्षेत्रमा काम गरिरहेको समेत जानकारी दिए ।
यसैगरी योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्प कँडेलले मिश्रित अर्थ व्यवस्था र लोक कल्याणकारी राज्यमार्फत समाजवादको आधार निर्माण गर्ने एमालेको कार्यदिशा भएको बताए । शिक्षा, स्वस्थ र मानवीय विकासलाई प्राथामिकता दिनुपर्ने बताउँदै डा. कँडेलले राजनीतिक अस्थिरताले समावेशी आर्थिक विकासमा बाधा पुर्याएको बताए ।
कार्यक्रममा मिनेसोटा विश्वविद्यालय अमेरिकाका सहप्रध्यापक डा. सतिस देवकोटाले नेपालको समावेशी आर्थिक विकासका चुनौती र समाधानको उपाय शीर्षकमा कार्यपत्र प्रस्तुत गरेको थियो । कार्यपत्र प्रस्तुत गर्दै देवकोटाले समावेशी आर्थिक विकासले गरिवी निवारण र असमानता कम गर्नका लागि योगदान गर्ने बताए ।
कार्यपत्रमाथि टिप्पणी गर्दै पूर्वसचिव डा. मानबहादुर बिकले नीति र समाजकाबीचमा रहेको दूरीलाई कम गर्दै राज्य समाजका पछि परेका वर्गको संरक्षण गर्ने सिद्धान्तबाट अगाडि बढ्नुपर्ने बताए ।
यसैगरी अर्का टिप्पणीकार लक्ष्मी वस्यालले धनी र गरिब, विभिन्न जात जाती, भाषिक, भौगोलिक क्षेत्रमा रहेको असमानता सम्बोधन गरिनुपर्ने बताए ।
नेपाल बुद्धिजीवी परिषद्का उपाध्यक्ष तथा नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विधान आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागीका तर्फबाट तारा कार्की, किरण बिक, समीर नेपाल, प्रमिला सापकोटा, डा. तारानिधि भट्राई, बावुराम भारद्वाज, केशव अधिकारी, चित्र श्रेष्ठ, इन्दिरा पराजुली, आर सुवेदी, तेज सुनार, दिलमणि आदिले आआफ्ना विचार व्यक्त गरेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #एमालेलाई सघाउन ५०१ सदस्यीय निर्वाचन परिचालन सहयोग समिति गठन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्