नेकपा एमालेको निर्वाचन परिचालन कमिटि घोषणा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले उम्मेदवार परिचय तथा निर्वाचन परिचालन कमिटिको घोषणा गरेको छ ।
आज नेकपा एमालेले काठमाडौंस्थित व्यन्जन पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा उक्त कमिटि घाषणा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सुनिता न्यौपानेले कर्मचारीको समायोजन देखि सातवटा प्रदेश सरकार सञ्चालन गर्ने नमुना र सरकार सञ्चालन गर्ने कानुन निर्माण एमाले कै पालामा भएको दाबी गरेकी छिन् ।
हाम्रै पालामा हो सातवटा प्रदेश सरकार कस्तो हुन्छ भनेर कर्मचारीको समायोजन देखि सातवटा प्रदेश सरकार सञ्चालन गर्ने नमुना पनि हामीले प्रस्तुत गरेका हौ र यो सरकार कसरी सञ्चालन गर्ने भनि कानुन निर्माण गरेर स्थानिय सरकारमा कर्मचारी पठाएर स्थानिय सरकार बनाउने काम पनि हाम्रो पालामा भएको हो ।
४० देखि ५० प्रतिशत मत स्वतन्त्र हुने हुनाले स्वतन्त्र मतदाताले आफ्नो मत खसाल्ने क्रम उम्मेदवार अनुसार फरक हुने र धेरै पार्टीहरु उम्मेदवार उठाएर जाँने हो भने मत विभाजन धेरै पार्टीहरुमा बाडिने र यस्तो खालको गठबन्धन निर्माण भयो भने अवसर बढि हुने उनको भनाई छ ।
उनले आफ्नो नेतृत्व आफैले स्थापित गर्ने प्रयास गरिरहेको र यसलाई निरन्तरता दिन खोजिरहेको बताए । उनले सबैभन्दा बढि निर्वाचन भएको क्षेत्र काठमाडौं भएको हुनाले यहाँबाट दिने सन्देशले दश वटै निर्वाचन क्षेत्रलाई समेट्ने बताइन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##एमाले, #breaking, #नेकपा एमालेको निर्वाचन परिचालन कमिटि घोषणा, #नेपाल कम्युनिष्ट पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्