५ दलीय गठबन्धनले देशलाई ओरालो बाटोमा लग्योः केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धन सरकारले देशलाई ओरालो बाटोमा लगेको बताएका छन् । संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन एमालेले काठमाडौंमा गरेको पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकारले देशलाई ओरालो बाटोमा लगेको बताएका हुन् ।
अध्यक्ष ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई रोकेर देशलाई अघि बढाउन राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउने हिसावले सशक्त ढंगले अघि बढ्ने बताए ।
‘देशलाई गठबन्धनले ओरालोतिर लगिरहेको छ । ओरालो गतिलाई रोकेर देशलाई अघि बढाउने, राजनीतिक हिसावले, लोकतन्त्रको अभ्यासको हिसाबले संविधान कार्यान्वयनको हिसावले, शान्ति सुव्यवस्थाको हिसावले, भ्रष्टाचार नियन्त्रणको हिसावले, सुशासनको हिसावले, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउने हिसाबले सशक्त ढंगले अघि बढ्नेछौँ ।’ अध्यक्ष ओलीले भने, ‘प्रभावकारी ढंगले अघि बढ्नेछौँ । यसको फैसलाका लागि संघीय संसद्को प्रतिनिधि सभाको निर्वाचन र प्रदेशहरूको, सातै प्रदेशको निर्वाचन भइरहेको छ । यतिबेला देशलाई हार्न दिनुहुँदैन, जनतालाई, लोकतन्त्र, संविधान, विकासको अभियानलाई हार्न दिनु हुँदैन, एकछिन धक्का खाएको होला, यसलाई चिरेर देशलाई द्रुत गतिले अघि बढाउनुपर्छ । लोकतन्त्रको पक्षमा, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा, नेपाल नेपालीले चलाउने हो भन्ने अभियानका साथ अघि बढ्न आग्रह गर्दछु ।’
उनले संविधान दिवस सरकारी नभएर राष्ट्रिय दिवसको रुपमा मनाउनुपर्ने बताउँदै एमालेले पदयात्राको सुरुवात गरेको बताए । अध्यक्ष ओलीले ठूलो संघर्ष र बलिदानबाट प्राप्त संविधानको रक्षा र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । पदयात्रामा सहभागीहरुले नेपाली राष्ट्रिय झण्डा बोकेर सहभागी भएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्