मंसिर ४ को निर्वाचनमा एमालेले चमत्कार गर्ने छ: केपी ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनमा एमालेले चमत्कार गर्ने बताएका छन् ।
शुक्रबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकमा सांसदहरुलाई बिदाइ गर्दै अध्यक्ष ओलीले यस्तो बताए ।
उनले संसदहरुलाई मंसिर ४ को निर्वाचनमा चमत्कारिक परिणाम आउनेगरी खटिन निर्देशन समेत दिए ।
‘मंसिर ४ मा आम निर्वाचन हुँदैछ । यो निर्वाचनमा एमालेले चमत्कारिक उपलब्धि हाँसिल गर्नुपर्छ । त्यसका लागि तपाईँ हामी सबैले आआफ्नो ठाउँबाट सम्पुर्ण शक्ति लगाउनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘जो, जसले, जहाँ जे जिम्मेवारी पाइन्छ, त्यो जिम्मेवारी पुरा गर्न देश र जनतालाई शिरमा राखेर अघि बढ्नुपर्छ ।’
उनले संसदको रूपमा सानदार कार्यकाल बितेको बताए ।
‘हामीले सानदार रुपमा आफ्नो कार्यकाल पुरा गरेका छौ । सवै माननीयहरूलाई हार्दिक बधाई, दशै लगायत सबै चाडपर्वको शुभकामना’, ओलीले सांसदहरुलाई चाडपर्वको शुभकामना दिँदै भने, ‘भोलिदेखि कुनैपनि हिसाबले संसद राख्न खोज्नु तमासा मात्र हो । भोलिबाट हामी प्रचलन अनुसार नै संसदमा उपस्थित हुने छैनौं ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #मंसिर ४ को निर्वाचनमा एमालेले चमत्कार गर्ने छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्