समानुपातिक उम्मेदवार छान्दै दलहरु
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचना जारी गरेसँगै राजनीतिक दलहरु समानुपातिक तर्फको उमेदवारको नामावली तयार गर्न गम्भीर गृहकार्यमा जुटिरहेका छन।
निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची यही असोज २ र ३ गते बुझाउन सूचना जारी गरेसँगै दलहरू समानुपातिक उम्मेदवार छान्न गृहकार्यमा जुटेको हो ।
निर्वाचन आयोगले समानुपातिक सूची बुझाउन असोज २ र ३ गतेको समय तोकेपनि असोज १६ गतेभित्र दलहरुले बन्द सूचीका नाम फेरबदल गर्न सक्ने सुविधा दिइएको छ । यो सुविधा अनुसार दलहरुले आयोगको प्रक्रियाअनुसार असोज ३ भित्र निवेदन दिएपछि मात्रै कति दल समानुपातिक निर्वाचनमा सहभागी हुन्छन् भन्ने एकीन हुने निर्वाचन आयोगको जनाएको छ।आयोगले दल दर्ताका लागि यसअघि दिएको समयसीमामा प्रतिनिधि सभातर्फ ७६ दलले निर्वाचनमा सहभागी हुन निवेदन दर्ता गराएका छन् ।
त्यस्तै प्रदेश सभा सदस्यका लागि पनि फरक फरक संख्यामा दलहरु दर्ता भएका छन् । जसमा केही दलले एकै चुनाव चिह्न लड्न संयुक्त निवेदनसमेत दिएको आयोगले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #निर्वाचन आयोग, #समानुपातिक उम्मेदवार छान्दै दलहरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्