निर्वाचनपछि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रचण्डको प्रस्ताव, देउवा सकारात्मक
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनपछि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका छन् । सत्ता गठबन्धनको बैठकमा उनले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्नुपर्ने अडान राखेको चर्चा छ । सत्ता गठबन्धन पछिल्लो समय सिट बाँडफाँडमा केन्द्रित छ । प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्षतर्फ १६५ सिटमा गठबन्धनले लगभग सिट बाँडफाँड टुँगो लगाएको चर्चा छ ।
कांग्रेसले आधा लिने र बाँकीमा गठबन्धनका अन्य दल लड्ने सहमति भएको बुझिएको छ। यद्धपी सिट बाँडफाँड गर्न बनेको कार्यदलले भने सहमतिमा प्रतिवेदन दिन सकेको छैन् । यसको लागि गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु नै निरन्तर छलफलमा जुटेको र अझै सहमति हुन नसकेको बताईएको छ।
उता, प्रचण्डले भने अहिले नै भावी प्रधानमन्त्रीको रुपमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । दाहालको प्रस्तावमा देउवा सकारात्मक छन् । चुनावपछिको प्रधानमन्त्रीको रुपमा आफूलाई अघि सारेर जानुपर्ने दाहालको प्रस्तावबारे नेताहरुबीच छलफल चलिरहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भावी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारिसकेको छ । पार्टीको केन्द्रीय कमिटीको बैठकमार्फत नै एमालेले ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको हो ।
दाहालले ओलीलाई टक्कर दिनसक्ने नेता आफू भएको भन्दै भावी प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । कांग्रेस नेतृत्व दाहालको प्रस्तावप्रति सकारात्मक सुनिएको छ । यद्धपी कतिपय नेताले भने भावी प्रधानमन्त्रीको रुपमा कांग्रेसले सभापति शेरबहादुर देउवालाई नै अघि सार्नुपर्ने बताउने गरेका छन् ।
उता, महामन्त्री गगनकुमार थापाले पनि आफू यसपटकको निर्वाचनमा भावी प्रधानमन्त्रीको रुपमा अघि बढ्ने घोषणा गरिसकेका छन् । गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । सो बैठकमा सिट बाँडफाँडसँगै भावी प्रधानमन्त्रीको विषयमा पनि छलफल हुने स्रोतको दाबी छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #निर्वाचनपछि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रचण्डको प्रस्ताव, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्