काभ्रेमा एमालेद्वारा उम्मेदवार सिफारिस, को-को छन् ?
काभ्रे । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस कार्य टुङ्ग्याएको छ ।
नेकपा (माओवादी केन्द्र)ले भने उम्मेदवार सिफारिस छनोटका लागि छलफलमा जुटिरहेको जनाएको छ । काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् । जिल्लास्थित नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले संविधानसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम यसअघि नै सिफारिसकार्य टुङ्ग्याइसकेका छन् ।
एमालेको क्षेत्रीय कमिटीले प्रतिनिधिसभा क्षेत्र नं १ का लागि दुई महिलासहित छ उम्मेदवार सिफारिस निर्णय गरेको छ । सिफारिस गरिएकामा नवीना लामा, अम्बुभवानी कार्की, चन्द्र लामा, नारायण पाण्डे, कुलचन्द्र अधिकारी र रेशम लामा रहेका छन् । यस निर्वाचन क्षेत्रअन्तर्गत दुई प्रदेशसभा क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस भइसकको एमालेले जनाएको छ ।
यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ का लागि गोकुलप्रसाद बाँस्कोटालाई सर्वसम्मत एकल उम्मेदवार सिफारिसको निर्णय गरेको छ । यस निर्वाचन क्षेत्रअन्तर्गतका दुई प्रदेशसभा क्षेत्रमा पनि प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस भइसकेको पार्टी जिल्ला सचिव राजन भुर्तेलले जानकारी दिए । उनका अनुसार आजदेखि प्रतिनिधिसभाका दुई र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा सामनुपातिकतर्फका उम्मेदवार सिफारिसका लागि छलफल गरिनेछ ।
यसैगरी, जिल्लास्थित माओवादी केन्द्र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न आइतबारदेखि छलफलमा जुटेको छ ।
उम्मेदवार सिफारिसका लागि पार्टीको क्षेत्रीय तथा जिल्ला कमिटी छलफलमै जुटिरहेकाले भोलि मङ्गलबारसम्ममा दुवै प्रकृतिका सदस्यको उम्मेदवार सिफारिस कार्यसक्ने केन्द्रका जिल्ला समन्वय समिति संयोजक भोला अर्यालले बताए ।
पार्टीका क्षेत्रीय कमिटीले छलफलमा माध्यमबाट जिल्ला कमिटीलाई प्रत्यक्ष र समानुपातिकतर्फ जति सङ्ख्यामा उम्मेदवारका नाम सिफारिस गरे पनि जिल्ला कमिटीले प्रदेश कमिटीमा प्रत्येक क्षेत्रमा प्रत्यक्ष वा समानुपातिक उम्मेदवारका लागि तीन÷तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । –रासस
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #काभ्रेमा एमालेद्वारा उम्मेदवार सिफारिस, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्