प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सिट बाँडफाँटलगायतका विषयमा शीर्ष नेताहरूबीच छलफल भएको बताइएको छ ।
सत्तारूढ राजनीतिक पार्टीहरूको गठबन्धन बनाएर आसन्न निर्वाचनमा जाने सहमति भए बमोजिम कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठित कार्यदल सक्रिय भइरहेको समयमा शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो ।
सत्ता गठबन्धनमा रहेका सबै पार्टीका प्रतिनिधि सहभागी रहेको कांग्रेस नेता सिटौला नेतृत्वको कार्यदल पछिल्ला दिनमा सहमतिको खाका कोर्न क्रियाशील छ ।
पार्टी नेताहरूबीच आज दिनभर विभिन्न चरणमा भेटघाट तथा छलफल हुने प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता, #शेरबहादर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्