प्रधानमन्त्री बालेनलाई म्यासेज गरेको आरोपमा पक्राउ परेका सचिव पुष्करले के लेखेका थिए ?
काठमाडौं । प्रधानमन्त्री बालेन साहलाई मोबाइलमा म्यासेज गरेको आरोपमा प्रहरीले उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करलाई पक्राउ गरी सोधपुछ गरेर छाडेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बिहीबार राति पक्राउ गरेर करिब ७ घण्टा राखेको थियो ।
सचिव पुष्करले आफू असार २४ गते अवकाशमा जान लागेको र अहिले बहालावाला कर्मचारीले राजदूतका लागि खुला आवेदन भर्न पाउँछन् कि पाउँदैनन् भन्ने जिज्ञासा राखेर म्यासेज पठाएको बुझिएको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सचिव पुष्करले प्रधानमन्त्री साहलाई म्यासेजमा लेखेका थिए, ‘सम्माननीय प्रधानमन्त्रीज्यू सादर नमस्कार । सचिवको कार्यकाल पाँच वर्ष हुन्छ । म मुख्यसचिव हुने सम्भावना छैन । म अवकाश हुने दिन असार २४ गते हो । राजदूतको विज्ञापन खोलिएको रहेछ । मैले फर्म भर्न मिल्छ कि मिल्दैन । हजुरको जानकारीको लागि सादर अनुरोध गर्दछु ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्री बालेनलाई म्यासेज गरेको आरोपमा पक्राउ परेका सचिव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्